Pages

Dr. Govinda KC - कठै ती गोविन्द


कठै ती गोविन्द 


न केही पाउनु छ उनलाई न छ उनको कुनै स्वार्थ 
जे जे गरे , जति बाँचे उनी, हो सबै परार्थ
अर्थोपार्जनकै निम्ति भए , उनी अन्सनै किन बस्थे ?
हड्डीका वरिस्ठ डाक्टर न हुन् कुनै तर्सिंग होम खोली बस्थे ।

माग उनको ठुलो होइन , स्वास्थ्य शिक्षा होस् सर्वसुलभ 
बन्द गरियोस् स्वास्थ्यका नाममा व्यापार अनि माफियाको उपद्रव
जायज माग राखे उनले माफिया - तस्कर सल्बलायो 
हार नखाने उनलाई देखी भन्नथाले 'लौन गोविन्दे बौलायो'




को बौलाए को सद्धे छन् सबै यहाँ छर्लंगै छन् 
पानी माथिको ओभानो नबन तिम्रा लुगा तर्लङ्गै छन् 
अहिंसा हो उनको शैली काटमार गर्न जानेनन् है 
विगतका  चौध सहमति पालना किन भएनन् खै ? ??

थुप्रै सरकार फेरिए, फेरिए तिम्र पार्टी अनि तिनका नाम 
चुनाव अघिका तिम्रा उडन्ते महत्वाकांक्षा अनि अहिलेको काम 
हेर्दैछन् सबै जनताले, तर तिमी टाउका गन्दै छौ रे 
दुइ तिहाइको जनमुखी लोकतन्त्र हो भन्दै छौ रे !! 

धेरै भयो खिचातानी , उठ अब भो , बोलिदेउ जनताको बोली
जनता उठे राणाशाशन त हट्छ , के ज्ञानेन्द्र, के केपी ओली ?
कठै ती गोविन्द भोकै जुम्लामा, आफ्नो पर्वाह गर्दैनन् 
खबरदार!!! करोडौं मुटुका ढुकढुकी बनेका गोविन्द यसै मर्दैनन् ..., गोविन्द यसै मर्दैनन् ..!!!